PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

थपिए १२६० संक्रमित,  ९१ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

थपिए १२६० संक्रमित,  ९१ हजार बढीले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनाको परीक्षण गर्दा १ हजार ४८६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, १ हजार २६० जना संक्रमण मुक्त भएका छन्।

हाल नेपालमा कोभिड १९ सक्रिय संक्रमितको संख्या २६ हजार ६३० पुगेको छ।

संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ।

यस्तै, कोभिड १९ विरुद्ध एकैदिन ९१ हजार ८३० जनाले खोप लगाएका छन्। हालसम्म ५१ लाख ९८ हजारभन्दा बढीले खोपको पूर्ण मात्रा र ५८ लाख ३३ हजारभन्दा बढीले खोपको पहिलो मात्रा लगाइसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell