PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

युवतीको अश्लील फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक समातिए



पहिलोपोस्ट

युवतीको अश्लील फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक समातिए

काठमाडौंः सामाजिक सञ्जालमा अश्लील फोटो तथा भिडियो पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले दोलखा घर भएका २३ वर्षीय सुजन जिरेललाई नियन्त्रणमा लिएको हो। जिरेल विरुद्ध प्रहरीमा उजुरी परेपछि खोजी गरिरहेको थियो। काभ्रेको पाँचखालमा लुकी बसेको अवस्थामा आज नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

युवकले प्रेम सम्बन्ध रहेको समयमा प्रेमीसँग खिचिएका फोटो तथा भिडिओ फेसबुक तथा इन्ट्राग्राममा पोस्ट गरेका थिए। उनी विरुद्ध बिद्युत् कारोबार ऐनमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell