PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

वाग्मतीमा एकीकृत समाजवादी : कृष्ण खनाल बने दलका उपनेता, मुनु सिग्देल प्रमुख सचेतकमा चयन



पहिलोपोस्ट

वाग्मतीमा एकीकृत समाजवादी : कृष्ण खनाल बने दलका उपनेता, मुनु सिग्देल प्रमुख सचेतकमा चयन

हेटौंडा : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशको संसदीय दलको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाललाई चयन गरेको छ। संसदीय दलको कार्यालय हेटौंडामा बसेको बैठकले खनाललाई दलको उपनेतामा चयन गरेको हो।

आइतवार बसेको बैठकले दलको नेताका रूपमा राजेन्द्र पाण्डेलाई चयन गरेको थियो।

बैठकले प्रदेशसभामा प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतीले चयन गरेको छ।

त्यस्तै, प्रदेशमा गठबन्धन सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ। 

तीन दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधव प्रसाद पौडेल, बसन्त प्रसाद मानन्धर , मीना ज्ञवाली र वसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

५६ प्रदेशसभा सदस्य रहेको वाग्मतीमा १३ जना नेकपा एकीकृत समाजवादीका सांसदहरू रहेको हुनाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाइसकेको व्यहोरा उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको सरकारलाई वर्तमान अवस्थामा विकास निर्माणका नयाँ कार्यक्रमहरू स्वीकृत गर्न, निश्चित सर्तका आधारमा वितरण गर्ने गरी राखिएको भागवण्डाको रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गर्ने निणर्य गरिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell