PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'तारक मेहता का उल्टा चश्मा' की बबिता किन भइन् आक्रोशित ?



पहिलोपोस्ट

'तारक मेहता का उल्टा चश्मा' की बबिता किन भइन् आक्रोशित ?
Photo : Munmun Dutta / Hayat News

भारतको चर्चित कमेडी टेलिभिजन शो 'तारक मेहता का उल्टा चश्मा' की 'बबिता जी' अर्थात मुनमुन दत्ता केही दिनदेखि चर्चामा छिन्।

केही समयअघि उनले एक भिडियोमा आप्पतिजनक शब्द बोलेकी थिइन्। जसकारण उनी आलोचित हुनुका साथै उनीविरुद्ध उजुरी नै पर्‍यो। पछि उनले स्पष्टिकरण दिदैँ माफी नै माग्नु परेको थियो।

दुई महिनाअघि शो बाट ब्रेक लिएकी मुनमुन फेरि एकाएक चर्चामा आइन्। कारण सोही शोका को-एक्टर राज अनदकट (टप्पु)सँगको प्रेमसम्बन्धको हल्ला।

भारतका मिडियाहरूमा उनीहरुबिच प्रेमसम्बन्ध रहेको खबर छाप्यो। खबर आएसँगै मिडिया लगायत सामाजिक सञ्जालमा निकै चर्चा चल्यो। अझ आफूभन्दा ९ वर्ष कान्छासँग अफेयरको हल्लाका कारण उनले ट्रोलको सिकार समेत हुनुपर्‍यो

फलरुवरुप उनले मिडियामा लेखेको समाचारको खण्डन गर्दैँ एक पत्र नै जारी गरिन्। उनले आइतबार इन्स्ट्राग्राममा दुईवटा पोष्ट सेयर गरेकी थिइन्।

'तपाईंहरूबाट मैले धेरै राम्रो अपेक्षा गरेको थिए। तर तपाईंले कमेन्ट बक्समा गरेको फोहोर कमेन्टले साबित गर्दछ कि, हामी यस्तो समाज को हिस्सा हौं, जो लगातार शिक्षित भनिएता पनि तल झरिरहेको छ।' उनले लेखेकी थिइन्।

साथै अर्को पोस्टमा १३ वर्षदेखि मनोरञ्जन दिदैँ आएता पनि इज्जतमा हानी पुर्‍याउन १३ मिनेट पनि नलागेको उनले उल्लेख गरिन्। साथै आफूलाई भारतकी छोरी भन्न पनि लाज लाग्ने भन्दै उनले आक्रोश पोखेकी थिइन्। तर उनले उक्त पोस्ट पछि हटाइन्।

पोस्ट हटाएपछि उनले माईस्टोरीमा एक पोस्ट लेख्दै 'अब सकरात्मक सोच लिएर अघि बढ्ने' लेखेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell