PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पटेलको शतकको सहायतामा अमेरिकाले नेपाललाई दियो २ सय ३१ रनको लक्ष्य



पहिलोपोस्ट

पटेलको शतकको सहायतामा अमेरिकाले नेपाललाई दियो २ सय ३१ रनको लक्ष्य
तस्बिर एनएसजेएफ

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको छ। ओमनस्थित अलअमरेत स्टेडियमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो।

राम्रो सुरुवात गरेको अमेरिकाका लागि मोनाङ्क पटेलले शतकीय पारी खेले। उनले ११४ बलमा ९ चौका र १ छक्काको सहायतामा १०० रन जोडे। त्यस्तै निशर्ग पटेलले २१ रन बनाउँदा शुसान्त मोडानी र करिमा गोरेले समान १६/१६ रन बनाए।

बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुसन भारीले समान २/२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell