PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गैंडाकोटमा बस र ट्रक ठोक्कियो : ३ जनाको मृत्यु, २७ जना घाइते



पूजा पन्थी

गैंडाकोटमा बस र ट्रक ठोक्कियो : ३ जनाको मृत्यु, २७ जना घाइते

बुटवल : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ।

बिहान करिब ४ बजे काकँडभित्ता देखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.-०२-००१  ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खाँदा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए। मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताए।

दुर्घटनामा बस सडकदेखि १० फिट तल खस्दा ट्रक चालक र बस चालकसहित  २७ जना घाइते भएका थिए। उपचारको लागि चितवन पठाइएकोमा ३ जनाको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताए।

उनका अनुसार घाइतेमध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन्। उनीहरुको चितवनको भरतपुरस्थित नयॉ मेडिकल कलेजमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell