PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नेपालले आज ओमनसँग खेल्दै



पहिलोपोस्ट

नेपालले आज ओमनसँग खेल्दै
तस्बिर: क्यान

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली ओमन आज दिउँसो सवा ४ बजे अल अमरेत स्टेडियममा प्रतिस्पर्धामा उत्रँदै छन्।

त्रिकोणात्मक सिरिजमा नेपालले नेपालले यसअघि नै अमेरिकासँग खेलिसकेको छ। जसमा नेपालले ५ विकेटको जित निकालेको थियो। पौने ४ बाट सुरु हुने खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्नेछ।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १३ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ५ खेल खेलेर ६ अंक जोड्दै छैठौं स्थानमा रहँदा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

२१ वटा त्रिकोणात्मक सिरिज सम्पन्न भएपछि शीर्ष तीन टिमले आईसीसी पुरुष विश्वकप क्वालिफायर्समा स्थान बनाउने छन्। त्यस्तै पछाडिका चारवटा टिमले क्रिकेट विश्वकप क्वालिफायर प्लेअपमा स्थान बनाउने छन्।

लिग २ मा नेपालले यसअघि पनि ओमनसँग खेलिसकेको छ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा खेलेका यसअघिका दुबै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा ओमनसँग १८ रनको पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा ८ विकेटको हार ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell