PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझे एसपी घिमिरेले



पहिलोपोस्ट

रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझे एसपी घिमिरेले

काठमाडौं : एसपी विनोद घिमिरेले रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझेका छन्।

सोमवार बेलुकाबाट एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघिका जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाइएको घटना प्रहरी प्रधान कार्यालय तानिएपछि जिल्ला प्रहरी प्रमुखको पद खाली थियो।

एसपी घिमिरेलाई प्रहरी प्रधान कार्यालयले आइतवार रौतहट प्रहरीको जिम्मेवारी सुम्पिएको थियो। एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह- सचिव संजय सहनीले योजनावद्ध रुपमा लागुऔषध राख्न लगाएको अर्का पत्रकारलाई फसाएको खुलेको थियो। त्यही बिच पत्रकार सहनी र एसपी शाह बिच भएको टेलिफोन कुराकानी बाहिरिएपछि उनी अनुसन्धानमा तानिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell