PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो



पूजा पन्थी

बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो

बुटवल : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटेबाघले मान्छे मार्न थालेपछि पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु त्रसित बन्दै आएका छन्। पाटेबाघको राजमार्गमै चहलपहल बढेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके जिल्ला प्रशासनले जनाएको छ। अन्य समयमा पनि निकुञ्जद्वारा तय गरिएको व्यवस्था अनुसार सुरक्षित यात्रा गर्न भनिएको छ।

केही दिनयता निकुञ्जको सिक्टा-कुसुम सडकखण्डमा पाटेबाघको चहलपहल बढिरहेकाले सुरक्षित साथ बस्न प्रशासनले आग्रह गरेको छ। बाघ बस्तीमा पस्नसक्ने र आक्रमण गर्ने जोखिम रहेकाले आम नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनबाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्ती सहितको प्राविधिक टोलीबाट नियमितरुपमा पाटेबाघको निगरानी गरिँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell