PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

भारतमा थपिए २५ हजार कोरोना संक्रमित, ७८ लाख ६६ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

भारतमा थपिए २५ हजार कोरोना संक्रमित, ७८ लाख ६६ हजार बढीले लगाए खोप
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, संक्रमकणका कारण थप ३३९ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा ३ करोड ३२ लाख ८९ हजार ५७९ जनामा संक्रमण देखिँदा ४ लाख ४३ हजार २१३ जनाको मृत्यु भइसकेको छ।

संक्रमणबाट ३७ हजार १२७ जना मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६२ हजार २०७ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ७८ लाख ६६ हजार ९५० जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतभर ७५ करोड २२ लाख ३८ हजार  ३२४ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell