PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

तेलको मुद्दा उठाएको विपक्षी गठबन्धनले नर्वेमा हासिल गर्‍यो बहुमत



पहिलोपोस्ट

तेलको मुद्दा उठाएको विपक्षी गठबन्धनले नर्वेमा हासिल गर्‍यो बहुमत
Photo : Javad Parsa/ NTB via AFP

नर्वेमा लेबर पार्टीका जोनस घ्राह स्टोरले नेतृत्व गरेको विपक्षी दलले आम निर्वाचनमा विजय हासिल गरेको छ। नर्वेको तेल उद्योगको भविष्यका बारेमा अभियान चलाएको 'लेफ्ट विङ' पार्टीको नेतृत्वमा बनेको गठबन्धनले १०० सिट जितको हो। १६९ सदस्य भएको संसदमा बहुमतका लागि ८५ सिट चाहिन्छ। यसअघि विपक्षी दलसँग ८१ सिटमात्रै थियो।

निर्वाचन परिणाम घोषणा भएसँगै नर्वेकी प्रधानमन्त्री एवम् कन्सर्भेटिभ पार्टीकी नेतृ इरा सोलवर्गले पराजय स्वीकार गरेकी छिन्। जितसँगै स्टोर नर्वेको नयाँ प्रधानमन्त्री हुने स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

नर्वेको कुल ग्राह्यस्थ उत्पादनको १४ प्रतिशत तेल उद्योगमा निर्भर छन्। ४० प्रतिशत निर्यात र १ लाख ६० हजार भन्दा बढी व्यक्ति पनि यही क्षेत्रमा कार्यरत छन्। स्टोरले 'तेल उद्योग' मा निर्भर अर्थव्यवस्थाका साथै असमानतालाई विस्तारै अन्त्य गर्ने भन्दै निर्वाचनमा अभियान चलाएका थिए। ग्रिन्सहरुले भने तत्काल तेल उद्योगलाई विस्थापित गर्नुपर्ने बताउँदै आएका थिए।

स्टोनले नर्वेली नागरिकले परिवर्तन चाहेको भन्दै अब नयाँ सरकार बनाउने घोषणा गरेका छन्। उनले गठबन्धनमा रहेका पार्टीहरुलाई संलग्न गराएर सरकार बनाउने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell