PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

एमसीसी बारे करिश्माको प्रश्न : घर भित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला र ?



पहिलोपोस्ट

एमसीसी बारे करिश्माको प्रश्न : घर भित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला र ?

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा अहिले देशभर बहस चलेको छ। राजनीतिक दलदेखि सर्वसाधरण एमसीसीको पक्ष विपक्षमा छन्। सत्तारुढ दल नै एमसीसीको विरोधमा उत्रिएका छन्। विभिन्न समूहरुले पनि यसको विरोधमा आन्दोलन गरिरहेका छन्।

नेपाली कलाकारहरु समेत एमसीसीका बारेमा आफ्नो मत राख्न थालेका छन्। यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीको बारेमा बोलेकी छिन्।

उनले सरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन सक्नु पर्न बताएकी छिन्। साथै, देशमा कलह उत्पन्न हुने कुनै सम्झौता गर्न नहुने उनले बताएकी छिन्।

'घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला ?' उनले भनिन्।

जनताकै विरोधमा गएर कसरी अगुवाई गर्ने भनि उनले नेताहरुलाई प्रश्न गरेकी छिन्। विगतका निर्णयका परिणामहरुले गर्दा नै जनतामा अविश्वास उब्जाएको समेत उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell