PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, छलफलका एजेण्डा के हुन्?



पहिलोपोस्ट

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, छलफलका एजेण्डा के हुन्?
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।

माओवादी केन्द्रको असोज ३० बाट हुन लागेको सम्मेलनका लागि निर्वाचन नियमावली र निर्वाचन निर्देशिका तयार पार्न बैठक बस्न लागेको हो। पार्टी कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनको तयारीका लागि बैठक बस्न लागेको जानकारी दिए।

'आगामी महिनादेखि पार्टीको सम्मेलन सुरु हुँदैछ। त्यसका लागि निर्वाचन नियमावली र निर्देशिका बनाएर तल पठाइदिनका लागि बैठक बस्न लागेको हो,' ढकालले भने।

मन्त्रिपरिषद बिस्तार र समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि बैठकमा छलफल हुन लागेको हो। माओवादी केन्द्रले आफ्ना तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको अझै टुंगो लगाएको छैन।

साउन ३१ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण तथा वितरण, असोज ३० देखि गाउँपालीका नगरपालिका सम्मेलन र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell