PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गर्ने, सरकारको रणनीति पेलेरै अगाडि बढ्ने



पहिलोपोस्ट

प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गर्ने, सरकारको रणनीति पेलेरै अगाडि बढ्ने

काठमाडौं : प्रतिनिधिसभाको सोमवारको बैठकमा विनियोजन विधेयक २०७८ माथि छलफल गर्ने कार्यसूचि तय भएको छ।

संघीय संसद प्रतिनिधिसभाको नवौं अधिवेशन बैठक ५ औं बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ। गत बिहीवार सदनमा अर्थमन्त्री शर्माले नयाँ बजेट ल्याउन प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए।  

बैठक दिउँसो १ बजे बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ। २०४८ सालमा राष्ट्रियसभामा मनोनित सदस्य र नेपाली कांग्रेस नेता रुक्मशम्शेर जबराको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

यस्तै, नेकपा एमालेले संसदको चालु अधिवेशनको सुरुवातदेखि नै गरिरहेको अवरोधलाई आज पनि जारी राख्ने भएको छ। सभामुख सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमाले संसदमा सभामुख विरुद्ध उभिएको छ। यसअघिका बैठकमा एमाले सांसद र मर्यादापालक बिच सदनमा घम्साघम्सी परेको थियो।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक आज पारित गर्ने रणनीति छ त्यसमा प्रतिपक्षी दल एमालेले सक्दो रोक्न खोज्ने छ। बजेटमाथिको छलफल गर्ने समय नभएकाले अधिकांश नियमहरु निलम्बन गरेर पेलेरै अगाडि बढ्ने रणनीति सत्तारुढ दलले लिएका छन्। बजेट साधारण बहुमतले पारित गर्न मिल्ने भएकाले उनीहरुले यस्तो रणनीति अख्तियार गरका हुन्।
३० गतेभित्र संसदबाट बजेट पारित गरिसक्नुपर्ने  बाध्यता छ। 

अर्थमन्त्री शर्माले संसद विघटनपछि सुरु भएको संसद बैठकमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट विधेयक पेश गरेका थिए। यो ६० दिनभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यदि संसद पेश भएको ६० दिनभित्र पास नभए अनिवार्य निस्क्रिय हुने ब्यवस्था छ। 
नियमित प्रकृयाबाट जाँदा सरकारले सैद्धान्तिक छलफल, संशोधन र दफाबार छलफल गर्नुपर्ने हुन्छ। समय लाग्ने भएकाले नियम निलम्बन प्रकृयाबाट सत्तारुढ दल अगाडि बढ्न लागेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell