PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

'मेट गाला' मा किमको कस्ट्यूमको चर्चा



पहिलोपोस्ट

'मेट गाला' मा किमको कस्ट्यूमको चर्चा
Photo : Getty Images

न्यूयोर्कमा रहेको 'मेट्रोपोलिटेन्ट म्यूजियम अफ आर्टस्कस्ट्यूम इन्स्टिच्यूटुका लागि 'फण्ड' संकलन गर्न आयोजना हुँदै आएको 'मेट गाला' सुरु भएको छ।

संसारकै ठूलो फेसन कार्यक्रममा रुपमा लिइने मेट गालामा सेलिब्रेटीहरुले नयाँ र अनौठो कस्ट्यूम लगाउने कुनै कसर छोड्दैनन्। जसकारण उनीहरुको फरक शैलीको फेशनको निकै चर्चा हुने गर्छ।

यसैक्रममा किम कार्दशियनले लगाएको कस्ट्यूमको अहिले निकै चर्चा चलेको छ। 'मेट गाला' मा उनले कालो रंगको शरीर पुरै ढाकिने कस्ट्यूम लगाएकी थिइन्। यतिसम्म कि उनको अनुहार र आँखा समेत छोपिएको थियो। जसकारण उनको पहिरनले धेरैको ध्यान खिचेको छ।

मेट गालामा सहभागी भएको तस्विर सार्वजनिक भएसँगै उनी ट्रोल र मिमको सिकार समेत हुनुपरेको छ।

 

पहिले देखि नै बोल्ड फोटोसुट र फरक शैलीको फेसनका कारण किमको चर्चा चल्ने गर्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell