PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हँसियाले रेटेर आफ्नै आठ महिने छोराको हत्या! बावु आमा दुवै पक्राउ



पूजा पन्थी

हँसियाले रेटेर आफ्नै आठ महिने छोराको हत्या! बावु आमा दुवै पक्राउ
अभियुक्तहरु।

बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा बावु-आमाले आफ्नो नाबालक छोराको हत्या गरेको प्रहरीले जनाएको छ। गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिवार एक दम्पतीले ८ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीको दावी छ।

शिशुको हत्या भएको आंशकामा २२ वर्षीय बावु श्रीराम मल्लाहा र २० वर्षीया आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा उनीहरुले घरको छतमा दुधे बालक सुरजको घाटी रेटी हत्या गरेको खुलेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए।

'मृतकको परिवारमा जग्गा सम्बन्धी विवादका कारणले दैनिक कलह र झै झगडा हुने गरेको देखियो। र, घटना सोही कारणले भएको भन्ने बुझिएको छ,' प्रवक्ता थापाले भने। 

प्रहरीका अनुसार घटनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा घरको छतमा आलो रगत जमेको भेटिएको थियो। मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा पनि रगत लागेको हँसिया भेटिएको थियो। बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

मृतक शिशुका आमा–बुवाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। मृतक शिशुका आमा–बुवालाई कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell