PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमाले अध्यक्ष ओली भोलि बुटवल आउँदै



पहिलोपोस्ट

एमाले अध्यक्ष ओली भोलि बुटवल आउँदै

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधवार बुटवल आउने भएका छन्। बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन्। 

भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप महासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell