PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भोलि एमाले अध्यक्ष ओली बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक नै स्थगित! 



पूजा पन्थी

भोलि एमाले अध्यक्ष ओली बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक नै स्थगित! 

बुटवल : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई फकाउन लुम्बिनी प्रदेशसभाको भोलि भदौ ३० गते डाकिएको बैठक स्थगित गरिएको छ।

एमालेले  भदौ १ गतेदेखि नै सदन अवरुद्ध तथा बहिष्कार गर्दै आएका कारण सत्ता गठबन्धनलाई प्रदेशसभामा आफ्नो कार्यसूचि अगाडि बढाउन समस्या पर्दै आएको छ। त्यसैबिच  एमालेको रुपन्देहीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी ओली आउने भएपछि बुधवारका लागि  बोलाइएको प्रदेशसभा स्थगित गरिएको हो। 

प्रदेश सभाको बैठक भदौ ३१ गते बिहीवार १ बजे बस्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

'भाद्र ३० गते बुधवार दिनको १ बजे बस्ने गरी पूर्व सूचना अनुसार निर्धारित नवौं अधिवेशनको पाँचौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र ३१ गते बिहीवार दिनको १:०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले वुधबार आफ्नो  पार्टीको कार्यक्रम भएको सत्तारूढ दलका सचेतकहरूलाई जानकारी दिइएको बताए। 
सदन चले पनि एमालेले पूर्ववत निर्णय गरी पठाएका दुई सांसदलाई कारबाही नगर्दासम्म बैठक अगाडि बढ्न नदिने उनको भनाइ छ।  

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरूद्दिन खानले एमालेको विशेष कार्यक्रम भएकाले बुधवारको बैठक सार्ने सहमति भएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell