PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जलवायु परिवर्तनले युवाहरुमा 'एन्जाइजी' बढाउँदै छ : बाथ युनिभर्सिटीको अध्ययन



पहिलोपोस्ट

जलवायु परिवर्तनले युवाहरुमा 'एन्जाइजी' बढाउँदै छ : बाथ युनिभर्सिटीको अध्ययन
Photo : phys.org

जलवायु परिवर्तनले युवाहरुमा 'एन्जाइटी' बढाएको एक सर्वेक्षणमा देखिएको छ। बेलायतको बाथ युनिभर्सिटीले अन्य पाँच विश्वविद्यालयसँग सहकार्य गरेर विश्वका १० राष्ट्रमा गरेको सर्वेक्षणमा करिब ६० प्रतिशत युवाहरुले आफूहरु जलवायु परिवर्तनका कारण चिन्तित बनेको बताएको रिपोर्टमा उल्लेख छ।

 ४५ प्रतिशतले जलवायु परिवर्तनले उनीहरुको दैनिक जीवनशैलीमा असर परेको बताएका छन्। सर्वेक्षणमा सहभागी तीन तिहाई युवाहरुले आफूहरु भविष्यलाई लिएर चिन्तित बनेको बताएका छन् भने ५६ प्रतिशतले मानवता भन्ने कुरा नै विनाश भइसकेको मत राखेका छन्।

रिपोर्टका अनुसार दुई तिहाइ युवाहरुले आफूहरु जलवायु परिवर्तनका कारण दु:खी, भयभीत र चिन्तित बनेको बताएका छन्। यस्तै, अधिकांशले सरकारले जलवायु परिवर्तन रोक्न कुनै कदम नचालेको भन्दै आलोचना समेत गरेका छन्।

रिपोर्टमा अहिलेकै अवस्थामा जलवायु परिवर्तन बढ्ने हो भने त्यसले मानिसहरुमा मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। जलवायु परिवर्तनले विशेषगरी युवाहरुमा मनोवैज्ञानिक, सामाजिक र शारीरिक रुपमा असर देखिएको बताइएको छ।

रिपोर्टको सह लेखन गरेका बाथ युनिभर्सिटीका क्यारोलिन हिकम्यानका अनुसार 'इको एन्जाइटी'का कारणमात्रै नभइ सरकारको असफलताले पनि युवाहरु निराश भएका छन्। युवाहरुमा सन्तानको चाहना समेत घट्दै गरेको उनले बताए।

जलवायु सम्बन्धी कमजोर नीति रहेका ठूला राष्ट्रका युवाहरु एन्जाइटीबाट धेरै पीडित बन्ने गरेको समेत रिपोर्टमा उल्लेख गरिएको छ। उक्त रिपोर्ट ल्यानसेट प्लान्टेरी हेल्ग जर्नलमा प्रकाशित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell