PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धनगढी पुगेर भीम रावलले ओलीलाई सम्झाए १० बुँदा : 'माधव नेपालले खिचडी पकाए'



पहिलोपोस्ट

धनगढी पुगेर भीम रावलले ओलीलाई सम्झाए १० बुँदा : 'माधव नेपालले खिचडी पकाए'
तस्विर : एकीन्द्र कुँवरको फेसबुकबाट

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा अझै अन्तर्विरोध झेल्नुपर्ने टिप्पणी गरेका छन्।

धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पार्टीको विवाद समाधानका लागि १० बुँदे प्रस्ताव तयार भएको र त्यो कार्यान्वयन भइसकेको बताए। उनले १० बुँदेको २ नम्बर बुँदालाई सम्झाउँदै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरे।

अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिमको इञ्चार्जमा पूर्व माओवादीका नेता लेखराज भट्टलाई नै निरन्तरता दिएपछि ओलीसँग असन्तुष्ट रहेका रावलले १० बुँदेलाई अक्षरस पालना गर्नुपर्ने बताए। तर, उनले पार्टी फुटाउने विषय कुनै व्यक्तिको स्वार्थबाट केन्द्रित भएको पनि उल्लख गरे।

हामीले अझै अन्तविरोध झेल्नुपर्ने छ। जतिबेला केही नेताहरुलाई पार्टीबाट निकालिएको भनिएको थियो, त्यतिबेला त हामीले नयाँ पार्टी खोलेनौं। १० बुँदे कार्यान्वयन भइसकेपछि अब नयाँ पार्टी के का लागि खोल्ने,' रावलले भने। नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले १० बुँदे सहमतिलाई नमानेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्नु दु:खद् भएको रावलको टिप्पणी थियो।

'उहाँले केही केन्द्रीय कमिटीको हस्ताक्षर गराएर नयाँ पार्टी दर्ता गर्नुभयो। ५० वर्षको पार्टी जीवनमा मेरा लागि पीडाको दिन थियो,' उनले भने।

उनले चुनावमा पराजय भोगेपछि एमालेका कार्यकर्ताहरु फेरि एकै ठाउँमा आउने बताए। अहिले एमालेका कार्यकर्ताहरु पछि एकैठाउँमा आउछौं भनेरै नयाँ बनेको पार्टीमा लागेको रावलको दाबी थियो। 'आज पनि कमरेडहरु कोही कता लागौँ, कोहीँ कता लागौँ भन्नुहुन्छ। पछि फेरि एकै ठाउँमा आउछौँ,' उनले भने।

१० बुँदे कार्यान्वयन गर्नु प्रत्यक नेता कार्यकर्ताको कर्तव्य भएको रावलको भनाई थियो।

नेता नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी)को भने रावलले आलोचना गरे। उनले ताउँलामा भात पकाउन छोडेर कसौडीमा खिचडी पकाउन हिँडेको भन्दै नेता नेपालको आलोचना गरे।

'कतिपय मान्छेलाई लाग्छ जन्ते ताउलामा भात पकाएपछि मैले चाहेजस्तो नहुने हो कि भन्ने। सानो भाडामा खिचडी पकाएपछि भनेजस्तो खान पाइन्थ्यो कि, कसौडीको खिचडी अलिकति मागेर ल्याएको घिउ हालेर खाएपछि मिठो पनि हुन सक्छ। तर, सयौँ व्यक्तिको भोक मेटाउन सक्दैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell