PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

‘गल्ली यही हो’ बोलको गीत सार्वजनिक



पहिलोपोस्ट

‘गल्ली यही हो’ बोलको गीत सार्वजनिक

काठमाडौं : सन्तोष अधिकारीको निर्देशन रहेको ‘गल्ली यही हो’ बोलको गीत सार्वजनिक भएको छ। आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको छ। साथै गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा सन्तोष अधिकारी र मोडल कञ्चन भुजेलको अभिनय रहेको छ।

कञ्चन भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ। गीतको भिडियोमा सन्तोषको निर्देशन रहेको छ।

सन्तोष अधिकारी फिल्म 'तीन जन्तु' मा निर्माताका रुपमा समेत रहेका छन्। तर उनको फिल्म रिलिज हुन भने बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell