PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मेट गाला २०२१ मा यस्तो पहिरनमा देखिए सेलिब्रेटीहरु

मेट गाला २०२१ मा यस्तो पहिरनमा देखिए सेलिब्रेटीहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


न्यूयोर्कमा रहेको 'मेट्रोपोलिटेन्ट म्यूजियम अफ आर्टस् कस्ट्यूम इन्स्टिच्यूटुका लागि 'फण्ड' संकलन गर्न आयोजना हुँदै आएको 'मेट गाला २०२१' सुरु भएको छ।

हरेक वर्षझैं यो वर्ष पनि कार्यक्रमको छुट्टै थिम छ। यसपटकको मेट गालाको थिम 'इन अमेरिका : ए लेक्सिकन अफ फेशन' राखिएको छ।

प्रत्येक वर्ष आयोजना हुँदैँ आइरहेको मेट गाला गतवर्ष कोरोना महामारीबिच हुन सकेन। संसारकै ठूलो फेसन कार्यक्रममा रुपमा रहेको 'मेट गाला २०२१' मा सेलिब्रेटीहरुले नयाँ र अनौठो कस्ट्यूम लगाएर पुग्ने गर्छन्।

यसपटक किम कार्दशियन कालो रंग र शरीर पुरै ढाकिने कस्ट्यूम लगाएर 'मेट गाला २०२१' मा पुगेकी थिइन्। त्यसैगरि रिहाना पनि प्रेमी रकीको साथमा कालो रंगको कस्ट्यूममा देखिएकी थिइन्।

जस्टिन बीबर पनि श्रीमतीसँग कालो रंगको लुगा लगाएर 'मेट गाला' मा पुगेका थिए। त्यसैगरि जेनिफेर लोपेज, बेलि इलिश,  सेरेना विलियम लगायतका सेलेब्रेटीहरु समेत पुगेका थिए।

सबै तस्विरहरु : Getty Images Via BBC



ट्रेन्डिङ पोस्ट

Ncell