PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाल टस जितेर ब्याटिङमा



पहिलोपोस्ट

नेपाल टस जितेर ब्याटिङमा
तस्बिर: एनएसजेएफ

काठमाडौं: नेपाली क्रिकेट टोलीले ओमनविरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली ओमन आज दिउँसो सवा ४ बजे अल अमरेत स्टेडियममा प्रतिस्पर्धामा उत्रँदै छन्।

सोमवारको खेलमा अमेरिकालाई ५ विकेटले हराउँदै सिरिजमा सुखद सुरुवात गरेको नेपालले आज जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रँदै छ। नेपालले ओमनविरुद्ध पनि अमेरिकाविरुद्धको खेल उतारेको प्लेइङ ११ लाई नै निरन्तरता दिएको छ।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell