PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

निर्वाचन आयोगमा सनाखत गर्न नपाएका सोम पाण्डे र शारदा भट्टलाई एकीकृत समाजवादी जाने बाटो खुल्यो



पहिलोपोस्ट

निर्वाचन आयोगमा सनाखत गर्न नपाएका सोम पाण्डे र शारदा भट्टलाई एकीकृत समाजवादी जाने बाटो खुल्यो

काठमाडौं : सांसद सोम पाण्डे र शारदा देवी भट्टले नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये एउटालाई रोज्न पाउने भएका छन्।

नेकपा एकीकृत समाजवादीमा सनाखत गराउन निर्वाचन आयोग पुगे पनि पाण्डे र भट्टले सनाखत गर्न पाएका थिएनन्। त्यसविरुद्ध पाण्डे र भट्टले दल रोज्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।  

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुले निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरी कुनै काम कारवाही नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो। मुद्दाको अन्तिम किनारा नलागेसम्म पाण्डे र भट्टले माग गरे बमोजिम दल रोज्न पाउने अन्तरिम आदेश सर्वोच्चले दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell