PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

घाँटीमा रेटिएको डोबसहित शिक्षकको शव भेटियो



पहिलोपोस्ट

घाँटीमा रेटिएको डोबसहित शिक्षकको शव भेटियो

सुर्खेत : दैलेखमा एक जना शिक्षकको हत्या गरिएको छ। गुराँस गाउँपालिकाको मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र बीसीको शव फेला परेको हो। 

दैलेख प्रहरीका अनुसार शिक्षक बीसीलाई सोमवार राती घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलवार विद्यालय हाताभित्रै भेटिएको हो। 

‘घटनास्थलमा प्रहरी पुगेको छ, घटना कसले र किन गरायो भन्ने विषयमा प्रारम्भीक अनुसन्धान अघि बढाएका छौं’ डीएसपी अनुपम श्रेष्ठले भने। 
स्थानीयले शिक्षक बीसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले हत्याको आंशकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, उनीहरुको विवरण सार्वजनिक गरिएको छैन। घटनाको विस्तृत अनुसन्धानपछि मात्रै थप कारण खुल्ने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell