PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भोलिसम्म बजेट पास नभए सरकारले खर्च गर्न नपाउने, आउला त पेश्की विधेयक ?



पहिलोपोस्ट

भोलिसम्म बजेट पास नभए सरकारले खर्च गर्न नपाउने, आउला त पेश्की विधेयक ?

काठमाडौं : सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारितको समयसीमा गुजार्ने निश्चित देखिएको छ। अध्यादेश संघीय संसदको अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र प्रतिस्थापन समेत गर्नुपर्ने भए पनि नहुने देखिएको हो। बुधबारसम्म विधेयक पारित गर्नुपर्ने भए पनि प्रतिनिधि सभाको बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ। विधेयक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ। 

तर अब दुबै सदनबाट समयभित्र विधेयक पारित नहुने निश्चित भएको छ। 

प्रतिनिधि सभाले मंगलबार विधेयक संशाेधनका लागि अनुमोदन भने गरेको छ। सभामुख अग्नि सापकोटाले अर्को बैठक असोज ४ बजे बोलाएका छन्।

तर, विधेयक पारित नभएका कारण भदौ ३० गते पछि सरकारले कानुनी रुपमा खर्च गर्न सक्ने छैन।

यद्यपि, मन्त्रालयका अनुसार सुचित आदेश बमोजिम कर असुली गर्न सक्नेछ। यस्तै ३० गतेपछि खर्च गर्ने कानुनी आधार भने हुने छैन। ३० गतेसम्म बजेट अध्यादेशकै आधारमा खर्च गर्न सरकारले सक्नेछ। ३१ गतेपछि खर्च गर्नका लागि खर्च सरकारले पेश्की विधेयक ल्याउनु पर्नेछ।

अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताइसकेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदैँ शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुनपनि सक्ने बताएका हुन्। उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको बताए।

‘अब विधेयक पारित गर्न छलफल, वार्ता गरिराखेका छौँ। सहमति भए त्यसलाई पारित गर्छौ। नहुँदा नियमित प्रक्रिया पुर्‍याएर पारित गर्छौ। पारित गर्न केही समय ग्याप रह्यो भनेपनि त्यसपछि खर्च गर्ने हुन्छ। केही समयमा खर्च गर्ने अवस्था नहुन पनि सक्छ। तर हाम्रो कोसिस वार्ता, संवादतिर चलिरहेको छ’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell