PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थपिए १५६२ संक्रमित, १५८९ जना भए संक्रमण मुक्त



पहिलोपोस्ट

थपिए १५६२ संक्रमित, १५८९ जना भए संक्रमण मुक्त

काठमाडौं : देशभर थप १ हजार ५६२ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको परीक्षण गरिँदा १५ सयभन्दा बढीमा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ५८९ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ।

संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण देशभर १० हजार ९८४ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell