PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ओमनविरुद्ध आशिफ शेखको अर्धशतक



पहिलोपोस्ट

ओमनविरुद्ध आशिफ शेखको अर्धशतक
फाइल फोटो

काठमाडौं: ओपनर आशिफ शेखले ओमनसँगको खेलमा अर्धशतक बनाएका छन्। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा ओमनविरुद्धको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि शेखले ६२ बलमा ४ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्।

ओमनस्थित अल अमरेत स्टेडियममा सुरुवाती ब्याटिङ गरेको नेपालले कुशल भुर्तेललाई  रन नजोड्दै गुमाएको थियो। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा पभेलियन फर्कँदा रोहित कुमार पौडेल र आशिफ शेख क्रिजमा छन्।

सोमवारको खेलमा अमेरिकालाई ५ विकेटले हराउँदै सिरिजमा सुखद सुरुवात गरेको नेपालले आज जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिएको छ। नेपालले ओमनविरुद्ध पनि अमेरिकाविरुद्धको खेल उतारेको प्लेइङ ११ लाई नै निरन्तरता दिएको छ।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आशिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विक्रम सोब, सन्दीप लामिछाने, शुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell