PahiloPost

Sep 19, 2021 | ३ असोज २०७८

स्वयम्भुमा बोक्सी लागेको भन्दै एक महिलामाथि कुटपिट, पीडित महिलाका श्रीमानसहित ‘झारफुक’ गर्ने समातिए



पहिलोपोस्ट

स्वयम्भुमा बोक्सी लागेको भन्दै एक महिलामाथि कुटपिट, पीडित महिलाका श्रीमानसहित ‘झारफुक’ गर्ने समातिए

काठमाडौं : बोक्सी भन्दै कुटपिट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पीडित महिलाका श्रीमानसहित चार जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेहरुमा जनार्दन पाण्डे, दशनारायण महर्जन, दिपेन्द्र कुमार थिङ र जितेन्द्र महर्जन रहेका छन्। उनीहरुले भदौ २० गते स्वयम्भुस्थित एक होटेलमा महिलालाई झारफुक गर्ने भन्दै कुटपिट गरेका थिए।

‘पीडित महिलाले जाहेरी दिएपछि उहाँको श्रीमानसहित केही मानिसलाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,’ परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले भने।

महिलाका श्रीमानले ललितपुरबाट शरीरमा देखिएको समस्या समधान गर्न भन्दै स्वयम्भु दिपेन्द्रकुमार थिङकोमा पुर्‍याएका थिए। थिङ झारफुक गर्ने व्यक्ति हुन्। उनले महिलाको शरीरमा बोक्सी लागेको र कुटपिट गरेपछि हट्ने बताएपछि कुटपिट गरेका थिए। उनीहरु तीनै जनाले मिलेर कुटपिट गरेको उजुरी प्रहरी कहाँ परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell