PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

शतकबाट चुके आशिफ, नेपालले ओमनलाई दियो १ सय ९७ रनको सामान्य लक्ष्य



पहिलोपोस्ट

शतकबाट चुके आशिफ, नेपालले ओमनलाई दियो १ सय ९७ रनको सामान्य लक्ष्य
तस्बिर : एनएसजेएफ

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले ओमनलाई १ सय ९७ रनको सामान्य लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले आशिफ शेखको अर्धशतकीय पारीको सहायतामा ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको हो।

शुन्य रनमा कुशल भुर्तेल आउट भएपछि सम्हालिएर प्रदर्शन गरेको नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले। शेखले ११२ बलमा ७ चौका र १ छक्काको सहायतामा सर्वाधिक ९० रन जोडे। त्यसबाहेक कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहितकुमार पौडेलले २० रन जोडे। त्यसपछि आएका मिडलअर्डर ब्याट्ससम्यानहरुको ब्याटिङ सम्झनलायक रहेन। बिनोद भण्डारी ६ रनमा आउट हुँदा पछिल्ला केही खेलयता रन जोड्न संघर्ष गरिरहेका कुशल मल्लले ४ रन बनाए। त्यस्तै सोमपाल कामी ७ रन बनाएर रनआउट हुँदा विक्रम सोब २ रनमै पभेलियन फर्किए। आक्रामक ब्याटिङ गरेका सन्दीप लामिछानेले भने १० बलमा १ चौका र १ छक्काको सहायतामा १६ रन जोड्दा करण केसीले २१ रन बनाए। त्यस्तै शुसन भारी २ रनमा अभिजित रहे।

ओमनका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिँदा नेस्टोर धाम्बाले २ विकेट लिए। त्यस्तै मोहम्मद नदिम र जेसन मक्सुदले समान १/१ विकेट लिए।

ओमन केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell