PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

श्रीलंकन क्रिकेटर मालिंगाले गरे सबै फर्म्याटको क्रिकेटबाट संन्यासको घोषणा



पहिलोपोस्ट

श्रीलंकन क्रिकेटर मालिंगाले गरे सबै फर्म्याटको क्रिकेटबाट संन्यासको घोषणा
Photo: Getty Images/ICC

काठमाडौं: श्रीलंकन क्रिकेटर लाथिस मालिंगाले सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। २०१४ को टी २० विश्वकपमा श्रीलंकाको कप्तानी गरेका मालिंगाले ट्वीटरमा एक सन्देश दिँदै सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

क्रिकेटका फास्ट बलरमध्येमा छुट्टै पहिचान बनाएका मालिंगाले तीनै फर्म्याटमा आफूलाई स्थापित गर्न सफल भएका थिए। यसअघि नै टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिएका उनले पछिल्लो पटक २०२० मा वेस्टइन्डिजविरुद्ध खेलेका थिए।

उनको कप्तानीमा सन् २०१४ मा श्रीलंकाले टी २० विश्वकपको उपाधि जितेको थियो। उनले २२६ एकदिवसीय खेल खेलेर ३३८ विकेट लिएका थिए। त्यस्तै ८४ टी २० मा १०७ विकेट लिए। त्यस्तै ३० टेस्टमा १०१ विकेट लिएका थिए।

टी २० क्रिकेटमा उनले १०७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। इण्डियन प्रिमियर लिगमा पनि सर्वाधिक विकेट लिने खेलाडीको उनी शीर्षस्थानमा छन्। उनले उनले १२२ खेलमा १७९ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell