PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बार्सिलोनामाथि बार्यन म्युनिखको सहज जित, लेवान्डोस्कीको दोहोरो गोल



पहिलोपोस्ट

बार्सिलोनामाथि बार्यन म्युनिखको सहज जित, लेवान्डोस्कीको दोहोरो गोल
Getty Images

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ई को खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनामाथि बायर्नले ३-० को सहज जित निकालेको हो।

बायर्नको जित रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा थोमस मुलर एक गोल गरे।

खेलको ३४ औं मिनेटमा मुलरको गोलमा अग्रता बनाएको बायर्न पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा लेवान्डोस्कीले दुई गोल थपे। उनले खेलको ५६ औं र ८५ औं मिनेटमा गोल गरेका हुन्।

त्यस्तै गएराति नै सम्पन्न समूह ई कै खेलमा पोर्चुगिच क्लब बेनिफिका र युक्रेनी क्लब डाइनामो किइबले गोलरहित बराबरी खेले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell