PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

रोनाल्डोको गोलको बावजुत म्यानचेस्टर युनाइटेड योङ बोइजसँग पराजित



पहिलोपोस्ट

रोनाल्डोको गोलको बावजुत म्यानचेस्टर युनाइटेड योङ बोइजसँग पराजित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह एफको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्वीजरल्याण्डको क्लब बीएससी योङ बोइजसँग पराजित भएको छ। स्टेड डी स्वीसीमा सम्पन्न खेलमा घरेलु टोली योङ बोइजले १० खेलमा समेटिएको युनाइटेडलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको १३ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। युनाइटेडका डिफेन्डर आरोन वान-बिस्साकाले योङ बोइजका क्रिस्टोफर मार्टिन्समाथि खराब ट्याकल गरेपछि रेड कार्ड खाँदै ३५ औं मिनेटमा बाहिरिएका थिए।

पहिलो हाफमा युनाइटेड १ गोलले अघि रहे पनि ६६ औं मिनेटमा बोइजका माओमी गामालेउले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै थिओसोन सीब्याचेउले इन्ज्युरी समयमा गोल थप्दा घरेलु टोलीले सुखद सुरुवात गर्न सफल भएको हो।

त्यस्तै गएराति नै सम्पन्न समूह एफ को अर्को खेलमा स्पेनिस क्लब भिल्लारियल र इटालियन क्लब एट्लान्टा २-२ को बराबरीमा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell