PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लुकाकुको गोलमा चेल्सीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

लुकाकुको गोलमा चेल्सीको संघर्षपूर्ण जित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह एचको खेलमा इङ्ग्लिस क्लब चेल्सीले रसियन क्लब एफसी जेनितमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले जेनितमाथि १-० को जित निकालेको हो।

साविकको च्याम्पियन चेल्सीलाई जित दिलाउन बेल्जियन फर्वाड रोमेलु लुकाकुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीको रोकिएको खेलमा उनले ६९ औं मिनेटमा मिनेटमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न समूह एच को अर्को खेलमा इटालियन क्लब युभेन्टसले स्वीडेनको क्लब माल्मोमाथि जित निकाल्यो।

खेलको २३ औं मिनेटमा एलेक्स स्यान्ड्रोको गोलमा अग्रता बनाएको युभेन्टसका लागि पहिलो हाफको अन्तिम मिनेट पाउलो डिब्यालाले गोल गरे। उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा अल्भारो मोराटाले गोल थप्दा युभेन्टस पहिलो हाफमै तीन गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा युभेन्टसले ३-० को जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell