PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भारतमा ७५ करोडभन्दा धेरैले लगाए कोभिड १९ विरुद्धको खोप, संक्रमण घट्दो



पहिलोपोस्ट

भारतमा ७५ करोडभन्दा धेरैले लगाए कोभिड १९ विरुद्धको खोप, संक्रमण घट्दो

पछिल्लो २४ घन्टामा भारतमा २७ हजार १ सय ७६ जनामा कोभिड १९ संक्रमण पहिचान भएको छ। यही अवधिमा ३८ हजार १२ जना मानिस निको भएको र २ सय ८४ जनाले ज्यान गुमाएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ। 

यससँगै भारतमा कोभिड १९ संक्रमितको कूल संख्या ३ करोड ३३ लाख १६ हजार ८७ पुगेको छ जसमध्ये ३ लाख ५१ हजार ८७ एक्टिभ केस रहेको छ। संक्रमणमुक्त हुनेको संख्या ३ करोड २५ लाख २२ हजार १ सय ७१ रहेको छ।

हालसम्म भारतमा कोभिड १९ को संक्रमणकै बिच ४ लाख ४३ हजार ४ सय ९७ जना मानिसले ज्यान गुमाएका छन्।

भारतमा खोप लगाउनेको संख्या पनि उल्लेख्य बढेको छ। अहिलेसम्म ७५ करो८ ८९ लाख १२ हजार २ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। पछिल्लो २४ घन्टामा खोप लगाउनेको संख्या ६१ लाख १५ हजार ६ सय ९ जना रहेका छन्। 
 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell