बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन्। बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन्। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए। ११ बजे शुरु हुने कार्यतालिका रहे पनि अझै पार्टी अध्यक्ष ओली बुटवल आइपुगेका छैनन्। ओलीको प्रतीक्षामा नेता तथा कार्यकर्ता कार्यक्रम स्थलमा रहेका छन्। यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप महासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने छन्।
