PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल



पहिलोपोस्ट

सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

काठमाडौंः नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ। बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो।

हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्‍याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आइपुगेको हो।

'पहिलो लटमा रेल हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेर आएको छ। यो निजी क्षेत्रलाई खुलाएको हो। निजी क्षेत्रलाई बिजनेस चाहिएको छ,' उनले भने, 'रेल संचालन भएपछि बिजनेस पनि हुने भएकाले आगामी दिनमा सामान निरन्तर आइरहन्छ।' व्यवसायीहरुले आफ्नो आश्यकता अनुसार मालवस्तु अब कार्गो रेलमा ल्याउन सक्ने भएको उनले बताए।

यसअघि भारतीय सरकारी स्वमित्वको रेलले मात्र नेपालमा सेवा दिंदै आएको थियो। अब निजी क्षेत्रलाइ पनि खुल्ला गरिएपछि कार्गो रेल संचालन सम्भव भएको निर्देशक गजुरेलले बताए।

जुलाई २०२१ मा भएको रेल सेवा पुनरवलोकन सम्झौतामा दुई देश बीच नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा दिन पाउने प्रावधान समेटिएको थियो। निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell