PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सीताको भूमिकामा कंगना, करिनाको चर्चा मात्रै! 



पहिलोपोस्ट

सीताको भूमिकामा कंगना, करिनाको चर्चा मात्रै! 

अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छिन्। निर्देशक अलौकिक देशाइले फिल्म ‘सीता एक अवतार’को मुख्य भूमिकामा कंगना अनुबन्धित भएको बताए।

‘सीता एक अवतार’को मुख्य कंगना नै सीताको भूमिकामा देखिने निर्देशक देशाइ र कंगनाले फेसबुकमार्फत् जानकारी दिएका हुन्। 

निर्देशक देसाइले सीताको सुटिङ आरम्भ भएको समेत उल्लेख गरेका छन्। 'ब्रम्हाण्डले ती व्यक्तिलाई मद्दत गर्छन् जो विश्वास सहित समर्पित हुन्छन्। अहिलेसम्म नखोजिएको पवित्र चरित्रको सपना, जो वास्तविकतामा परिणत हुँदैछ। कंगनालाई सीताको रुपमा देख्न निकै उत्साहित छु,' उनले लेखेका छन्।

कंगना अनुबन्धित हुनुअघि करिना कपुरलाई सीताको रोल अफर गरिएको थियो। उनले ‘सीता’ बन्न १२ करोड पारिश्रमिक समेत मागेकी थिइन्। उनले मागेको पारिश्रमिकबारे चर्चा र बहस समेत चलेको थियो। 

करिना सीता बन्ने खबर आएपछि सामाजिक सञ्जालमा उनको विरोध समेत भएको थियो। अभिनेता सैफअली खानसँग विवाह गरेका कारण करिनाले सीता बनेमा हिन्दु धर्म र सीता माताको अपमान हुने भन्दै उनको विरोध गरिएको थियो। करिनाले 'सीता'को भूमिका निर्वाह गर्न नहुने भन्दै हिन्दु कट्टरपन्थी संगठनहरुले विरोध समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell