PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विभिन्न माग लिएर घरमा नै पुगेका कलाकारलाई प्रचण्डले भने,' तीन दिनमा नतिजा आउने गरी चलचित्र क्षेत्रको समस्या सरकारसँग राख्छु'



पहिलोपोस्ट

विभिन्न माग लिएर घरमा नै पुगेका कलाकारलाई प्रचण्डले भने,' तीन दिनमा नतिजा आउने गरी चलचित्र क्षेत्रको समस्या सरकारसँग राख्छु'

काठमाडौं:  केही नेपाली चलचित्रकर्मीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरेका छन्। चलचित्रकर्मीहरूले आज बिहान प्रचण्ड निवास खुमलटारमा गएर कोरोना महामारीबिच थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको नेतृत्वमा पुगेको टोलीले प्रचण्डलाई चलचित्र क्षेत्रको विषयमा विभिन्न माग गदै ज्ञापन पत्र समेत बुझाएका थियो। दाहाल निवास पुग्ने टोलीमा निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी,चलचित्र सङ्घका अध्यक्ष मधुसूदन प्रधान,चलचित्र सङ्घका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा लगायतका थिए।

चलचित्रकर्मीहरूको मागबारे अध्यक्ष दाहालले चासो दिएको र छलफल निकै उत्साहजनक भएको निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।

'उहाँले तपाईँहरूको समस्या एकदम राम्रोसँग बुझेको छु। म तीन दिनमा नतिजा आउने गरी चलचित्र क्षेत्रको समस्या सरकारसँग राख्ने छु भन्नु भएको छ। जुन कुराले हामी निकै उत्साहित छौँ,' अधिकारीले भने

कोरोना महामारीले चपेटामा परेर रिलिज हुन नसकेका फिल्महरूलाई सरकारले फिल्मको बजेटमा ५० प्रतिशत मिनिमम ग्यारेन्टी (एमजी) गर्नुपर्ने मुख्य माग रहेको उनले बताए। सरकारले आधा सहयोग गरेर फिल्म रिलिज गर्न सकिएको खण्डमा मात्र चलचित्र क्षेत्रलाई माथि उकास्न सकिने उनको भनाई छ। जिल्ला प्रशासनले ५० प्रतिशत दर्शक राखेर हल खोल्न अनुमति दिएको छ। निषेधाज्ञाको कारण लामो समयदेखि बन्द भएका सिनेमाहलहरु खुले पनि लगानी सुरक्षित नहुने डरले चललिचत्रहरु रिलिजमा आउन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell