PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको पुच्छर भएको टोपबहादुर रायमाझीको आरोप



पहिलोपोस्ट

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको पुच्छर भएको टोपबहादुर रायमाझीको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व नेता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन्।

एमालेको बुटवलमा आयोजित कार्यक्रममा बोल्दै रायमाझीले कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्टले गल्ती गरेको उनले बताए।

'कांग्रेसको पुच्छर बनेर हिँड्नुभएको छ। के कम्युनिस्ट कांग्रेसको पुच्छर बनेर हिँडने हो? कांग्रेसको नेतृत्वमा देश विकास सम्भव छ? हाम्रा विरुद्धमा एक्लै लडन सक्दैनन्। कांग्रेससँग गठबन्धन बनाएर जानेले विकास गर्छ?,' उनले प्रश्नमाथि प्रश्न छ।

उनले एमालेलाई गठबन्धन बनाएर घेराबन्दी गरिएको टिप्पणी गरे। तर, त्यसलाई आफूहरुले ध्वस्त पार्ने उनको भनाई थियो। रायमाझीले फेरि पनि एमाले सत्तामा गएर टेष्ट हुनु जरुरी भएको तर्क गरे।

भने, 'महागठबन्धन बनेर सफल पार्टीलाई घेराबन्दी गरेका छन्। यो किसिमको उनीहरुको चेष्टालाई असफल पार्ने ध्वस्त पार्ने। चुनावको माध्यमबाट असफल नेता र पार्टीलाई ध्वस्त पारेर सत्तामा आउन जरुरी छ। हामी पुन: टेष्ट हुन जरुरी छ।'

रायमाझीले नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता  मधवकुमार नेपाललाई भने असफल नेता भएको आरोप लगाए। ओलीलाई असफल पार्न पार्टीभित्र घेराबन्दी भएको उनको भनाई थियो।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा टीको लगाएर प्रधानमन्त्री भएको बताए। उनले गठबन्धनलाई देशी विदेशी शक्तिको साथ भए पनि एमाले भारी पर्ने रायमाझीको दाबी छ। 'देशी विदेशी शक्तिले जनादेशका विरुद्धमा परमादेशका पक्षमा लागे। शेरबहादुर देउवालाई टीको लागाएर प्रधानमन्त्री बनाइयो। देश विदेशी शक्ति एकातिर र एमाले अर्कातिर हुदा एमाले भारी पर्‍यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell