PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्वयम्भूबाट अटोमेटिक पेस्तोल सहित एक युवक समातिए



पहिलोपोस्ट

स्वयम्भूबाट अटोमेटिक पेस्तोल सहित एक युवक समातिए

काठमाडौं : सशस्त्र प्रहरी बलको विशेष ब्युरोको टोलीले पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ।

आज दिउँसो टोलीले स्वयम्भू क्षेत्रबाट तारकेश्वर नगरपालिका ३ बस्ने २४ वर्षीय सोनाम तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र पाँच राउन्ड गोली समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ। बा ४९ प ७५६५ नम्बरको मोटरसाइकलमा आएका युवकलाई शङ्का लागेर चेक गर्दा हतियार फेला पारेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell