PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेबाट



पहिलोपोस्ट

एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेबाट

काठमाडौं: छैठौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ। कोभिड १९ महामारीको मापदण्डलाई पालन गर्दै प्रतियोगिता गराउन लागेको नेपाल भलिबल संघले पत्रकार सम्मेलन गर्दै जनाएको छ।

प्रतियोगिताको आयोजनाका लागि ३५ देखि ४० लाख अनुमानित खर्च हुने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।

प्रतियोगितामा पुरुषतर्फ १२ क्लब र महिला तर्फ ६ वटा क्लबको सहभागिता रहने संघले जनाएको छ। पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल प्रहरी, नेपाले सेनाको त्रिभुवन क्लब, एपीएफ क्लब, ढोरपाटन स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब, मणिमुकुन्द भलिबल क्लब, बाग्मती प्रदेश, रावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेश रहेका छन्। त्यस्तै महिलातर्फ न्यु डाइमण्ड क्लब, नेपाल प्रहरी, आर्मी, एपीएफ, एभरेस्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन्।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश ४ लाख, २ लाख र १ लाख प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिता उत्कएय्ट महिला तथा पुरुष खेलाडीले २५/२५ हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट सरबर, लिबेर, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell