PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बराबरीमा रोकियो पीएसजी, म्यानचेस्टर सिटीले लाइपजिगलाई हरायो



पहिलोपोस्ट

बराबरीमा रोकियो पीएसजी, म्यानचेस्टर सिटीले लाइपजिगलाई हरायो
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ए को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेल्जियन क्लब क्लब ब्रुग्गी केभीसँग बराबरीमा रोकिएको छ। जन ब्रेडेल स्टेडियममा सम्पन्न खेलमा स्टार खेलाडीहरु लियोनल मेस्सी, किलियन एम्बाप्पे र नेइमारलाई एकसाथ उतारेको पीएसजी घरेलु टोलीसँग १-१को बराबरीमा रोकिएको हो।

खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेको पासमा एन्डर हरेराले गोल गर्दै खेलमा पीएसजीलाई खेलमा अग्रता दिलाएका थिए। तर, खेलको २७ औं मिनेटमा घरेलु टोलीका हान्स भानाकेनले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछी दुबै टिमले गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा रोकियो।

त्यस्तै गएराति सम्पन्न समूह ए कै अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगमाथि ६-३ गोलअन्तरको जित निकाल्यो।

इतिहाद स्टेडियममा सम्पन्न खेलमा लाइपजिगका क्रिस्टोफर नुनकुले ह्याट्रिक गरेका थिए भने सिटीका नाथन एके, रियाद महरेज, ज्याक ग्रिलिस, जोआओ क्यान्सेलो र गाब्रियल जिससले समान १/१ गोल गर्दै लाइपजिगका नोर्डी मुकिएलेले गरेको आत्मघाती गोल उपहारमा पाएको थियो।

समूह ए मा पीएसजी, म्यानचेस्टर सिटी, क्लब ब्रुग्गी र आरबी लाइपजिग छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell