PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उज्बेकिस्तानमा तयारी गर्दै नेपाली महिला फुटबल टोली

उज्बेकिस्तानमा तयारी गर्दै नेपाली महिला फुटबल टोली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले उज्बेकिस्तानमा छ।

३३ सदस्यीय नेपाली टोली सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको थियो।

नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण उज्बेकिस्तानमा स्थानान्तरण गरिएको थियो।

प्रतियोगिताका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा पहिलो खेलमा नेपालले जित निकालेको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो।

नेपाली टिम

अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शृजना सिंह

तस्बिरहरु: एनएसजेएफ



ट्रेन्डिङ पोस्ट

Ncell