PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसी मिलानमाथि लिभरपुलको रोमाञ्चक जित



पहिलोपोस्ट

एसी मिलानमाथि लिभरपुलको रोमाञ्चक जित
Photo: UEFA

यूईएफए च्याम्पिन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह बी को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसीमिलानमाथि रोमाञ्चक जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले एसी मिलानमाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको ९ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको प्रहार एसी मिलानमा फिकायो टोमरीसँग ठोकिँदै गोल हुँदा लिभरपुलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै १४ औं  मिनेटमा लिभरपुलले पेनाल्टीको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न मोहम्मद सलाह चुके। उता मिलानका एन्टे रेबिचले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको दुई मिनेट नबित्दै ब्राहिम डियाचले गोल गर्दै अग्रता पनि दिलाए। पहिलो हाफमा एसी मिलान २-१ गोल अन्तरले अघि रह्यो।

दोस्रो हाफमा भने लिभरपुल खेलमा फर्कन सफल भयो। लिभरपुलका लागि खेलको ४८ औं मिनेटमा मोहम्मद सलाहले र ६९ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गरे। र लिभरपुलले ३-२ ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न समूह बी कै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र पोर्चुगिच क्लब पोर्टो बराबरीमा रोकिए। एटलेटिकको घरेलु मैदान स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो।

समूह बी मा लिभरपुल, एसीमिलान, पोर्टो र एट्लेटिको मड्रिड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell