PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गृह जिल्ला पुग्नु अघि रावलले भने : १० बुँदे कार्यान्वयन गराउन छलफलमा छु



पहिलोपोस्ट

गृह जिल्ला पुग्नु अघि रावलले भने : १० बुँदे कार्यान्वयन गराउन छलफलमा छु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन गर्न आफू पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीसँग छलफलमा रहेको बताएका छन्।

१० बुँदे अनुसार रावल सुदूरपश्चिम इन्चार्ज हुनुपर्ने हो। तर, ओलीले लेखराज भट्टलै सुदूपश्चिमको इन्चार्ज हुने भन्दै रावललाई जवाफ दिएको नेताहरु बताउँछन्। उनले आफू व्यक्तिगत स्वार्थको लागि राजनीतिमा नआएको समेत बताएका छन्। गृह जिल्ला अछाम जाने क्रममा डोटीमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले देश र जनताको सेवाका लागि राजनीति गरेको र व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताएका हुन्।

'म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन। पार्टी फुट्नु आफैँमा दुःखद् हो। तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु' उनले भने। उनले पार्टी फुटाउन आफ्नो कुनै संलग्नता नरहेको समेत बताए।

'मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो। म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु' उनले भने।

रावलले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell