PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

चीनको सिचुवानमा भूकम्प : ३ जनाको मृत्यु



पहिलोपोस्ट

चीनको सिचुवानमा भूकम्प : ३ जनाको मृत्यु
Photo : CCTV

चीनको सुचुवान प्रान्तमा भूकम्प जाँदा तीनजनाको मृत्यु भएको छ। चिनियाँ अर्थक्वेक नेटवर्कर्स सेन्टरका अनुसार आज बिहानको भूकम्पले ६ म्यागनिच्युडको मापन गरिएको छ।

भूकम्पका कारण लुसियानमा दर्जनौं घर ढलेको बताइएको छ। भूकम्प प्रभावित क्षेत्रमा संचार सेवा समेत अवरुद्ध भएको छ।

भूकम्पमा करिब ६० जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय मिडियाले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell