PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एमाले क्रान्तिकारी पार्टी हो, प्रचण्ड दक्षिणपन्थीसँग मिले : बादल



पहिलोपोस्ट

 एमाले क्रान्तिकारी पार्टी हो, प्रचण्ड दक्षिणपन्थीसँग मिले : बादल

काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने अदालतको आदेश प्रतिगमन भएको बताएका छन्। उनले एमालेबाट माधवकुमार नेपाल सहितका नेताहरु दक्षिणपन्थी भएकाले निस्किएर गएको समेत बताए।

काठमाडौं जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा उनले एमाले लोकतन्त्रिक आन्दोलनको मुल प्रवाह भएको बताए। उनले एमाले क्रान्तिकारी धार बोकेको दल भएको भन्दै भने, 'नेकपा एमाले क्रान्तिकारी धार हो। लोकतान्त्रिक मात्रै होइन मुलकको मुल शक्ति हो।'

उनले पुँजीवादी विरुद्ध लडाइँ लडनुपर्ने बेला भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थी भएको आरोप लगाए।

प्रचण्डले दक्षिणपन्थी पार्टीसँग मिल्न थालेपछी माओवादी आन्दोलन विसर्जन भएको उनको दाबी छ। बादलले एमाले चाँडै सत्तामा फर्कने दाबी समेत गरे। उनले स्थानीय, प्रदेश र केन्द्रको सरकारमा एमाले फेरी पनि पुग्नु जरुरी भएको बताए।

एमालेका विरुद्धमा षडयन्त्र भएको बताउँदै उनले उक्त षडयन्त्रलाई तोड्न कार्यकर्तालाई आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell