PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

'मानिके मगे हिते' को कभर गीतले चर्चामा श्रीलंकाली गायिका योहानी  



पहिलोपोस्ट

'मानिके मगे हिते' को कभर गीतले चर्चामा श्रीलंकाली गायिका योहानी  

तीन महिना अघि श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले एक गीत सार्वजनिक गरिन्। गीतको बोल थियो 'मानिके मगे हिते'। योहानीले 'मानिके मगे हिते' गीतमा नै कभर गीत बनाएर रिलिज गरेकी थिइन्। जुन गीत अहिले निकै भाइरल भइरहेको छ।

एक वर्ष अघि उक्त गीत रिलिज भएको थियो। दुलान एआरएक्सको शब्द रहेको गीतमा सतिशसानले स्वर भरेका थिए। जुन गीत युट्युवमा १ करोडभन्दा बढि हेरिएको छ।

तर, अहिले भने योहानीले गाएको यो कभर गीतले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुलिरहेको छ। अहिले टिकटकदेखि सामाजिक सञ्जालमा यो गीत निकै छाएको छ।

चर्चासँगै यो गीतका नयाँ भर्सन आउने क्रम बढ्दो छ। हिन्दी, तेलुगु, तमिल साथै चाइल्ड भर्सनमा पनि यो गीत आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell