PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पहेँलो बत्ती मुनिको 'म बाटो हिँडेझैँ' बोलको गीत सार्वजनिक



पहिलोपोस्ट

पहेँलो बत्ती मुनिको 'म बाटो हिँडेझैँ' बोलको गीत सार्वजनिक

काठमाडौं : पहेँलो बत्ती मुनि ब्यान्डले 'म बाटो हिँडेझैँ' बोलको गीत सार्वजनिक गरेको छ। पहेँलो बत्ती मुनिको युट्युब च्यानलबाट नै गीत सार्वजनिक गरिएको हो।

यस गीतमा शब्द तथा स्वर गायक रोचक दाहालको रहेको छ। साथै गीतमा ड्रमरमा लभ जंग क्षेत्री, ब्यासिस्टमा कुश केसी, गीतार र पार्श्व गायनमा प्रवेश थापा मगर रहेका छन्।

गीतको भिडियोमा कलाकार दिनेश रोकाको अभिनय देख्न सकिन्छ। भिडियोमा कन्सेप्ट रमुना पुनले तयार पारेकी हुन्। साथै गीतको भिडियोमा पुनको नै निर्देशन तथा सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell